आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौँमा १४ जनामा हैजा देखियो

एक्सप्रेस पाना
आषाढ १५, २०७९ बुधबार
  • 409
    SHARES
  • काठमाडौँमा १४ जनामा हैजा देखियो

    असार १५ काठमाडौँ । उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो । 

    images

    हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष ९आइसियू०मा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।