भाद्र ८ काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताएका छन् ।
आज (मंगलबार) चन्द्रागिरी रिसोर्टमा बसेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले नेता शाक्य आफ्नैं सल्लाहमा मुख्यमन्त्री बनेको बताएका हुन् ।
‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’
.jpg)


