असार २७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३०२० जनाको नमुना परिक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७७० जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

