असार २८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टमा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३१२६ जनाको नमुना परिक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७७३ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

