आइतबार, भाद्र २८ गते २०८३
images

मुलुकभर थपिए २०६ जना कोरोना संक्रमित

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 279
    SHARES
  • मुलुकभर थपिए २०६ जना कोरोना संक्रमित

    असार २९ काठमाडौं । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ३१७५ जनाको नमुना परिक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । 

    images

    यता आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ । होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन् । सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १००५ जना पुगेको छ । यता पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    images

    अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।