आइतबार, भाद्र २८ गते २०८३
images

नवलपुर अस्पतालका चिकित्सकमाथि हातपात गरे पछि अस्पतालका सबै सेवा बन्द

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 427
    SHARES
  • नवलपुर अस्पतालका चिकित्सकमाथि हातपात गरे पछि अस्पतालका सबै सेवा बन्द

    साउन २ नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।

    images

    अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्व एम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

    कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो ।

    images