आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले प्रवक्ताको जिम्मेवारी पुन: भट्टराईलाई

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 338
    SHARES
  • एमाले प्रवक्ताको जिम्मेवारी पुन: भट्टराईलाई

    भदौ ९ काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) प्रवक्ताको जिम्मेवारी पुन: योगेश भट्टराईले पाएका छन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन्।

    images

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।