आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घन्टामा थप २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु 

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 260
    SHARES
  • पछिल्लो २४ घन्टामा थप २४८२ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु 

    भदौ ९ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २४८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३४ हजार ४५० पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    images