भदौ ९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले तोकिएको समयमै महाधिवेशन गर्ने भनेपनि अझैँ पूर्ण रुपमा विश्वस्त हुने ठाउँ नरहेको बताएका छन ।
आज पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा साथ दिन पुगेका पौडेलले भदौ १८ गते वडा अधिवेशन सुरु गर्ने भनिएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमै अविश्वास जनाए ।
उनले भने, ‘भदौ १८ देखि वडाको चुनावको मिति तय भएको छ । सभापतिजीले चुनाव जसरी भए पनि सुरु हुन्छ भन्नुभएको छ । तर, चुनाव हुने त्यो गाँठो फुकेको छैन ।’उनका अनुसार पार्टीमा क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुँदैन । क्रियाशील सदस्यको टुंगो नलागी कसरी चुनाव हुन्छ भन्दै उनले प्रश्न गरे ।
.jpg)


