शनिबार, भाद्र २७ गते २०८३
images

सरकारले इसीडी शिक्षकलाई तोकिएको पारिश्रमिक पनि दिएन : सांसद विद्या भट्टराई

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 437
    SHARES
  • सरकारले इसीडी शिक्षकलाई तोकिएको पारिश्रमिक पनि दिएन : सांसद विद्या भट्टराई

    साउन ९ काठमाडौं । प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रारम्भिक बालविकास सहजकर्तालाई सरकारले उचित व्यवस्थापन गर्न नसकेको बताएकी छिन् । 

    images

    प्रतिनिधिसभा बैठकको शून्य समयमा आइतबार बोल्दै सांसद भट्टराईले २०७८/०७९ को बजेटमा बालविकासका सहयोगीको मासिक तलब १५ हजार कायम गरे पनि उनीहरूले तलब नपाएको बताइन् ।

    उनले नियुक्तिको समयमा ९ बजे देखि २ सम्मको काम गर्ने समायावधी तोकिए पनि उनीहरूले विद्यालय र स्थानीयको आवश्यकता अनुसार ९ देखि ५ बजेसम्म काम गर्नु परेको बताइन् ।

    images

    नियमानुसार ४ वर्षसम्मका बालबालिका मात्र भर्ना गर्ने भनिएता पनि २ वर्षदेखिका बालबालिकालाई सेवा दिइरहेको भन्दै राज्यले बालविकास सहजकर्ताको पारिश्रम यथाशीघ्र उपलब्ध गराउन माग गरिन् ।