आइतबार, भाद्र २८ गते २०८३
images

संक्रमण दर बढेसँगै अनिवार्य मास्क लगाउन गोरखा प्रशासनको आग्रह

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 491
    SHARES
  • संक्रमण दर बढेसँगै अनिवार्य मास्क लगाउन गोरखा प्रशासनको आग्रह

    साउन ९ गोरखा । पछिल्लो समयमा कोरोना संक्रमण दर बढेसँगै गोरखा जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।

    images

    आईतबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड ब्यवस्थापन समितिको बैठकले जिल्लाको सबै सरकारी कार्यालयमा प्रवेश गर्नेले अनिवार्य मास्क लगाउनु पर्ने भएको हाे ।

    वैठकले गोष्ठी, सेमिनार, बैठक, विद्यालय, विश्व बिद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका ब्यवसाय तथा मनोरञ्जन स्थलहरु र स्टेडियममा पनि अनिर्वाय मास्क प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

    images

    आइतबार बसेको बैठकले सरकारी कार्यालय प्रवेश गर्दा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र प्रत्येक कार्यालयको प्रवेश द्वारमा स्यानिटाइजको ब्यवस्था मिलाउने भन्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।

    बैठकले सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिर्वाय गर्ने र स्यानिटाइजरको ब्यवस्था मिलाउनु पर्ने भनिएको आचार्यले बताए ।