शनिबार, भाद्र २७ गते २०८३
images

नेपाल टेलिकमबाट सजिलै एसईईको नतिजा र्हेन सकिने

एक्सप्रेस पाना
श्रावण १०, २०७९ मंगलबार
  • 666
    SHARES
  • नेपाल टेलिकमबाट सजिलै एसईईको नतिजा र्हेन सकिने

    साउन १० काठमाडौं । २०७८ सालको सेकेन्डरी एजुकेशन इक्जामिनेशन (एसईई) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

    images

    यसका लागि टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरेर नतिजा थाहा पाउन सकिने छ । यस्तै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर स्पेस दिएर छाडी अल्फाबेटसहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाएर नतिजा हेर्न सकिने बताइएको छ ।