साउन १३ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८२ जनाको नमुना परिक्षण गर्दा ५७७ जनामा पुष्टि भएको हो । यो सँगै नेपालमा ४३५६ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६९ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् भने सोहि समयमा कोरोनाको कारण थप २ जनाले ज्यान गुमाएका छन् । यस्तै मुलुभर अहिलेसम्म कोरोनाको कारणले ११ हजार ९६४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

