आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थपिए ४३८ नयाँ कोरोना सङ्क्रमित, दुईको मृत्यु

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 252
    SHARES
  • देशभर थपिए ४३८ नयाँ कोरोना सङ्क्रमित, दुईको मृत्यु

    साउन १४ काठमाडौं । मुलुकभर आज ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार  ३६९९ जनामा गरिएको परीक्षणमध्ये ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४३६९ जना पुगेको छ । विगत २४ घण्टामा दुई सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ६६ जनाको सङ्क्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी सङ्क्रमित रहेका छन् । 

    यस्तै मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य सङ्क्रमित रहेका छन् । हाल होम आइसोलेशनमा चार हजार दुई १८, संस्थागत आइसोलेशनमा एक सय ५१ र सघन उपचारकक्ष ९आइसीयू०मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । यसैगरी विगत २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    images