भदौ १० काठमाडौं । आज बिहीबार दिउसो मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।
बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत नियुक्तिका बिषयमा छलफल गर्ने छ । यसअघिका बैठकहरुले अन्य प्रदेश प्रमुखहरु परिवर्तन गरिसकेको छ । यस्तै मन्त्रिपषिद बिस्तार गर्न भन्ने बिषयमा कुनै पनि जानकारी भने आएको छैन ।
.jpg)

