आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 295
    SHARES
  • आज थप २४३३ जनामा  कोरोना संक्रमण, २६ जनाको मृत्यु

    भदौ १० काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप २४३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने थप २६ जनाको मृत्यु भएको छ । 

    images

    १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    यस्तै १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ । यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् । 

    images

    देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।