साउन १९ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ९२६ जनाको नमुना परिक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ जना पुगेका छन् ।
यता सोहि समयमा थप ३२४ जनाले कोरोना विरुद्धको लडाई जितेका छन् भने सोहि समयमा कोरोनाको कारण एक जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालको कोरोनाको कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९६९ जना रहेका छने ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४७ हजार ३४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


