आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 245
    SHARES
  • पछिल्लो २४ घण्टामा ८१५ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

    साउन २६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ५३४ जनाको नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर विधिबाट २४११ तथा एन्टीजेन विधिबाट २१२३ जनाको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ जना रहेको छ । 

    images

    यात सोहि समयमा थप ४७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने सोहि समयमा कोरोनाको कारण ५ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउने कुल संख्या ११ हजार ९८२ जना पुगेको छ ।  

    यस्तै आज थप ३१७६१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

    images