साउन २७ मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिका ४ रैथानेमा आयोजित रक्तदान कार्यक्रममा रेडियो मेलम्चीका स्टुडियो म्यानेज तथा रासस सिन्धुपाल्चोकका संवाददाता देवराज सुवेदीसहित ४४ जानले रक्तदान गरेका छन ।
जनैपूणिर्माको अवसरमा जात्रा लाग्ने रैथानेमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय, कर्मचारी लगायत अन्य ठाउँबाट आएका भक्तजनको सहभागीता रहेको आयोजक पाँचपोखरी संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र नेपालका अध्यक्ष सुदिप सिलवालले जानकारी दिनुभयो । समय समयमा रक्तदान गरे आफ्नो स्वास्थ पनि राम्रो हुने नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र भक्तपुरका श्रीकृष्ण प्रजापतिले बताउनुभयो ।



