आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २०६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 236
    SHARES
  • आज थप २०६५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

    भदौ ११ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा थप २०६५ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सोही अवभिमा २५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
     
    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ११७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०८ हजार २३० पुगेको छ । त्यस्तै संक्रिय संक्रमितको संख्या ३७५९९ जना रहेका छन् । 

    images