आइतबार, भाद्र २८ गते २०८३
images

राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति  सेवा

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 282
    SHARES
  • राप्ती अस्पतालबाट झण्डै तीन हजारले लिए प्रसूति  सेवा

    साउन ३० दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश ग¥यौँ, सानै उमेरमा गर्भवती भएकाले सामान्य तरिकाले नभइ शल्यक्र्रिया गर्नुपर्छ की जस्तो थियो ।

    images

    तर सामान्य रुपमा भ्याकुभ अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ र बच्चा जन्मियो, अस्पतालको प्रसूति विभागका नर्सिङ अधिकृत रमा पराजुलीले भन्नुभयो, “नवजात शिशुको तौल तीन केजी रहेको र आमा तथा बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको   उहाँले बताउनुभयो ।सीताले दुई वर्षअघि  कक्षा ८ मा पढ्दापढ्दै गाउँकै आफ्नै समुदायका केटासँग प्रेम बिहे गर्नुभएको थियो । उहाँका श्रीमान् सहचालकको काम गर्नुहुन्छ । “घरको आर्थिक अवस्था पनि नाजुक छ, अहिले पढ्न छोडेँ उहाँले अस्पताल पुगेका  रासस समाचारदातासँग भन्नुभयो,  सानै उमेरमा बिहे गरेँ सुत्केरी हँुदा निकै गाह्रो हुनेरहेछ  अस्पतालले  सुरक्षित तवरले सुत्केरी गरायो, अब ढुक्क भएँ,  केही दिन अस्पतालमा राखेर घर पठाउला ।”

    सोही अस्पतालमा गत शुक्रबार तुलसीपुर नगरपालिका–१४ की २३ वर्षीया आशा नेपालीले शल्यक्र्रिया गरेर छोरी जन्माउनुभयो ।प्रसूति कक्षमा  आइतबार भेटिनु भएकी उहाँले भन्नुभयो,  “घरको आर्थिक अवस्था नाजुक छ, चिकित्सकले  बाहिर लग्नुहोस् भने तर कसरी जाने होला भन्ने चिन्ता लागेको थियो, शल्यक्रिया गरेर भए पनि आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माए खुसी छु ।’’

    images

    उक्त अस्पतालबाट  आर्थिक २०७८÷८९ मा दुई हजार ९ सय २७ जनाले प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिनुभयो । चौविस जनाले जटिल र ७३ जनाले शल्यक्रिया गरेर प्रसूति सेवा लिएका थिए । सो अवधिमा २३ गर्भवतीलाई बाहिर पठाइएको थियो । विशेषगरी गर्भवती महिलामा  जटिल समस्या  भएमा अस्पतालमा सघन कक्ष र नवजात शिशु कक्ष व्यवस्थाको  नभएकाले अन्य अस्पतालमा रिफर गरिएको उहाँले बताउनुभयो । 

    बितेको एक वर्षको अवधिमा दुई हजार ७०० गर्भवतीले नियमितरुपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराएका थिए । अस्पतालमा आएर प्रसूति सेवा लिएमा यातायातबापत एक हजार र नियमित रुपमा चारपटक गर्भजाँच गराएमा रु ८०० प्रोत्सानस्वरुप भत्ता दिइने गरेको अस्पतालका  निमित्त मेसु तथा स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले  बताउनुभयो । उहाँले त्यस अवधिमा प्रसूति सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरेका थियौँ भन्नुभयो ।

    प्रसूति सेवा लिन आउनेमध्ये केही १८ वर्षका पनि रहेको र यसरी सानै उमेर आमा बन्ने महिलालाई बच्चा जन्माउदा समस्या हुने र शल्यक्र्रिया गर्नुपर्ने अवस्था आउने जानकारी दिँदे उहाँले  पाठेघर खस्ने समस्या पनि बढी हुने भएकाले उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्नेमा जोड दिनुभयो । विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको उक्त अस्पतालका लागि यहाँका नागरिकले निकै लामो सङ्घषर््ा गर्नाका साथै महायज्ञ आयोजना गरी रु तीन करोडभन्दा बढी रकम सङ्कलन गरेर अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो । 

    तुलसीपुर क्षेत्रमा रहेको यो एक मात्र सरकारी अस्पताललाई दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेको हो । प्रादेशिक अस्प्तालका रुपमा विस्तार गरेसँगै त्यहाँ भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य उपकरण बढी छन् तर  चिकित्सक तथा कर्मचारीको सङ्ख्या कम भएकाले दरबन्दी थप गर्नुपर्ने  आवश्कता रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।उक्त अस्पतालमा  दाङ र रोल्पा जिल्लाको पश्चिम भाग, पूर्वी रुकुम र कर्णाली प्रदेशको सल्यान जिल्लाका नागरिक सेवा लिन आउँछन् । रासस