भदौ १ काठमाडौं । केहि समय देखी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६३८३ जनाको नमुना परिक्षण गर्दा ८५२ जनामा संक्रमण पृष्टि भएको हो ।
यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४६२ जना पुगेको छ । पछिलो २४ घण्टामा ३२८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही समयमा कोरोनाका कारण कुनै पनि व्यक्तिको मुत्य नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

