आइतबार, भाद्र २८ गते २०८३
images

श्वेता रक्तदान अभियानबाट १ सय १४ रगत संकलन गर्न सफल

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 349
    SHARES
  • श्वेता रक्तदान अभियानबाट १ सय १४ रगत संकलन गर्न सफल

    भदौ ६ काठमाडाैं । श्वेता रक्तदान अभियानले एक हप्तामा ६ वटा रक्तदान कार्यक्रम गरी १ सय १४ रगत संकलन गर्न सफल भएकाे छ ।

    images

    देशैभरका कुनै पनि विरामीले रगतको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले निरन्तर रुपमा रक्तदान अभियानलाई दिनरात नभनि निरन्तर रुपमा खतिरहनुभएकी स्वेता श्रेष्ठले गत शनिवार साउन २८ गते नेपाल रेडक्रश सोसाइटी केन्द्रिय रक्तसञ्चार सेवाको प्राविधिक सहयोग कामपा ६ बौद्धस्थित बौद्ध स्तुपामा विहान ८ बजेदेखि १२ बजेसम्म भएको रक्तदान कार्यक्रमबाट १७ यूनिट रगत संकलन गरेकाे थियाे ।

    No description available.

    images

    साथै यस के नेल केयर एण्ड ट्रेडिङ सेन्टरकाे (प्रबन्धक किरण राई) काे सहयाेगमा साे संस्थाकाे बार्षिक उत्वसको उपलपक्ष्यमा भएकाे कायक्रमबाट १३ यूनिट रगत संलकन गरेको थियो । काठमाडौं उपत्यका बाहिर पहिलो पटक चितवनमा साउन २९ गते आइतबार प्रादेशिक रक्त सञ्चार भरतपुर चितवन नेपाल रेडक्रसको सोेसाइटीको प्राविधिक सहयोग तथा रामबहादुर गुरुङको (बुलेट) को सहयोगमा शारदानगर वडा नं. १९ बखन टासिलिङ गुम्बामा भएकाे रक्तदानमा नौ जना महिला तथा २१ जना पुरुष गरी जम्मा ३० यूनिट रगत गरेकाे थिए ।

    No description available.

    रक्तदाता अभियान्ता श्वेता श्रेष्ठका अनुसार अहिले डेङ्गु राेगकाे जटिलतामा उपचारका लागि थप रगत चाहिन सक्ने अनुमान गरेकीछिन् । हाल सङ्क्रमण फैलावटसँगै रगत थप आवस्यक परेकाले शनिबार भाद्र ४ गते रन्जना गुरूङ, भुपेन्द्र राइको सहयोग तथा नेरोसो केन्द्रीय रक्तसञ्चार सेवा र कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा बौद्धमा भएको सम्पन्न भएको रक्तदानमा ३५ यूनिट रगत संकलन गर्न सफल सम्पन्न भएकाे जनाइन् । -रीदेन महर्जन