भदौ १४ चौतारा । सिन्धुपाल्चोकको पुरानाकोट सामुदायिक स्वास्थ इकाई सुनकोसी गाउँपालिका ३ कालिकामा दुई दिने नारी स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।
पुरानाकोट सामुदायिक स्वास्थ्य इकाइ र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा भदौ १५ र १६ गते हुने शिविरमा महिलाको पाठेघर र स्तन सम्बन्धि निशुल्क उपचार हुने स्वास्थ्य इकाइका अध्यक्ष एबम् हाँस्य कलाकार देवीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।



