आइतबार, भाद्र २८ गते २०८३
images

निःशुल्क एम्बुलेन्स सेवा सुरु

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 289
    SHARES
  • निःशुल्क एम्बुलेन्स सेवा सुरु

    भदौ १४ वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जान परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताउनुभयो ।

    images

    हाल पालिकामा दुईवटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ । मधुवन मथलव स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा रहेका दुईवटा एम्बुलेन्स, पालिकाका सेवाग्राहीका लागि निःशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिनुभयो ।

    सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने इन्धन खर्चमात्रै सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो । 

    images

    निष्पक्ष छानविनको माग
    पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ (अन्सारी)को मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल निष्पक्ष छानविनको माग गरेका छन् । वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण मियाँको ज्यान गएको आरोप लगाउँदै उनीहरुले दोषीलाई कारबाही र न्यायिक छानविनको माग गरेका हुन् ।

    स्वास्थ्यमा समस्या भएपछि गत साउन २६ गते अस्पताल भर्ना भएका मिँयाको गत साउन २७ गते डा आसिफ अन्सारीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया पछि उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि मियाँलाई काठमाडौँको मेडिसिटी अस्पतालमा पठाइएकामा उपचारकै क्रममा भदौ ५ गते राति मृत्यु भएको थियो ।

    हेल्थ केयरमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण शल्यक्रियाका क्रममा अत्याधिक रगत बगेर  मियाँको ज्यान गएको फिरोजका पिता जुनम मियाँको आरोप थियो । बिरामीका आफन्तले यसबारे न्यायिक छानविन र दोषीउपर कानुनबमोजिम कारबाहीको माग राख्दै यसअघि पर्सा जिल्ला प्रशासन कार्यालयमा समेत लिखितरूपमा उजुरी दर्ता गराएको उहाँले जानकारी दिनुभयो । 

    यसै विषयमा उक्त अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले अस्पतालको पक्षबाट फिरोजको उपचारमा कुनै लापरवाही नभएको तर  स्वास्थ्य अवस्था बिग्रिँदै जानुको कारण पहिलादेखि नै हृदयरोगी रहेको जिकिर गर्नुभयो ।

    यता उपचारमा सम्लग्न चिकित्सक डा अन्सारीको पेशागत र व्यक्तिगत चरित्रहत्या हुने गरी बिरामीका आफन्त र केही सञ्चार माध्यमले भ्रामक हल्ला फैलाएको भन्दै चिकित्सक सङ्घले आपत्ति जनाएको छ । डा गुप्ताले वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा दूरबिनबाट शल्यक्रिया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउँदा पनि मियाँको अत्यधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यक्रिया गरिएको बताउनुभयो । बिरामीलाई निको पार्न अथक प्रयास गर्दागर्दै पनि उपचारका क्रममा भवितव्यवश केही जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको उहाँको भनाइ थियो । रासस