आइतबार, भाद्र २८ गते २०८३
images

धादिङमा डेङ्गुका बिरामी बढ्दै

एक्सप्रेस पाना
भाद्र १६, २०७९ बिहीबार
  • 346
    SHARES
  • धादिङमा डेङ्गुका बिरामी बढ्दै

    भदौ १६ धादिङ । यहाँ डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।

    images

    अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ । पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ ।

    डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका-२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेङ्गु सङ्क्रमणपछि मृत्यु भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # डेङ्गु