आइतबार, भाद्र २८ गते २०८३
images

कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 267
    SHARES
  • कालीगण्डकी आँखा उपचार केन्द्रलाई आर्थिक सहयोग

    भदौ १९ रामपुर । कालीगण्डकी आँखा उपचार केन्द्रलाई जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले रु  १० लाख सहयोग गर्नुभएको छ । उक्त केन्द्रको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विनोदकुमार पोखरेललाई उहाँले सो रकम हस्तान्तरण  गर्नुभएको हो ।

    images

    उपचार केन्द्रकोको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण गर्न सो रकम उपलब्ध गराइएको हो । तीनतले भवनको माथिल्लो तलामा वार्ड र बैठक कक्ष निर्माण हुन बाँकी थियो । 

    वि.सं २०७० मा स्थापना भएको उक्त केन्द्रका लागी ओकेबाजेले भवन निर्माण देखि व्यवस्थापन गर्न विभिन्न समयमा सहयोग गर्दै आउनु भएको केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिनुभयो । तीन दशकदेखि उहाँले पाल्पाको शिक्षा, स्वास्थ्य, सामाजिक संघ संस्थामा ठूलो योगदान पु¥याउँदै आउनुभएको छ । 

    images