शनिबार, भाद्र २७ गते २०८३
images

राजेश्वरी माध्यमिको ६०औं वार्षिकोत्सब पालिका अध्यक्ष नेपालको आतिथ्यतामा सम्पन्न

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 365
    SHARES
  • राजेश्वरी माध्यमिको ६०औं वार्षिकोत्सब पालिका अध्यक्ष नेपालको आतिथ्यतामा सम्पन्न

    भदौ १९ सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं सातमा रहेको राजेश्वरी माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

    images

    इन्द्रावती गाउँपालिकाकै सबैभन्दा पुरानो विद्यालयको रूपमा चिनिँदै आएको राजेश्वरी माविको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 

    इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । 

    images

    May be an image of 5 people and people standing

    कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष झम्क नेपालले आधुनिक एवं प्राविधिक शैक्षिक योजनालाई पालिकाले पहिलो प्राथमिकताका साथ राखेको बताउनुभयो । शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहलाई उहाँले शुभकामना दिनुहुँदै राजेश्वरी माविको शैक्षिक गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको पुरानो विद्यालय रहेकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

    May be an image of 6 people and people standing