शनिबार, भाद्र २७ गते २०८३
images

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

एक्सप्रेस पाना
भाद्र २०, २०७९ सोमबार
  • 363
    SHARES
  • सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

    भदौ २० गोलबजार । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

    images

    नगरप्रमुख महेश चौधरीले नगरपालिकामा विद्यालयका प्रधानाध्यापकलाई सो परिमाणको सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा सेनेटरी प्याड वितरण गर्र्न तोकिएको शिक्षकका रुपमा महिला शिक्षकलाई र सूचना अधिकारी तोक्न निर्देशन दिएको नगर शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताउनुभयो ।