भदौ २७ काठमाडौं । देशभर थप १७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
४९५९ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ । यस्तै २२७१ जना सक्रिय संक्रमित रहेका छन् ।

