आइतबार, भाद्र २८ गते २०८३
images

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

एक्सप्रेस पाना
भाद्र ३१, २०७९ शुक्रबार
  • 222
    SHARES
  • बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

    भदौ ३१ बाजुरा । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । 

    images

    पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । 

    कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ । पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ । 

    images

    स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य सस्था मार्फत् खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ । पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो । खोप नलाउँदा कोरानो जोखिम उच्च हुने  र सङ्क्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।