आइतबार, कार्तिक १६ गते २०८३
images
images

युवा नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 269
    SHARES
  • युवा नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

    भदौ १५ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी दिने भएका छन् । १४औं महाधिवेसनमा सभापति पदका लागि उम्मेदवारी घोषणाका लागि उनले भोलि बुधबार दिउँसो २ बजे अनामनगरमा पत्रकार सम्मेलन गर्दै छन् । उनले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताइरहेका थिए। 

    images

    सभापतिका लागि यसअघि नै विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, सोमबार गगन थापाले आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।