भदौ १५ काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । त्यस्तै स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७८६ जना कोरोना जितेर घर फर्किएका छन् ।
यस्तै २४ घन्टामा कुल संक्रमित पीसीआर परीक्षणमा ७ लाख ६२ हजार ६४७ र एन्टिजेन परीक्षणमा ८३ हजार ५०५ जना पुगेका छन् । संक्रमितमध्ये ७ लाख १६ हजार ३०६ जना निको भएका छन् । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १६४ जना भेन्टिलेटरमा रहेका छन् भने ५३७ जना आईसीयूमा रहेका छन् ।

