असोज ३० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११६२ जनको नमुना परिक्षण गर्दा ३२ जना नयाँ संक्रमित थपिएका हुन् । यो सँगै देशभर ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सोहि समयमा थप ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि ब्यक्तिको ज्यान नगएको मन्त्रालयले जनाएको छ ।



