आइतबार, भाद्र २८ गते २०८३
images

डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो

एक्सप्रेस पाना
आश्विन ३०, २०७९ आइतबार
  • 302
    SHARES
  • डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो

    यसवर्ष साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २९ गतेसम्म ४८ जनाको ज्यान गएको हो ।

    images

    यसबीचमा संक्रमितको संख्या ४० हजार २९ र मृतकको संख्या ४८ पुगेको महाशाखाको तथ्यांक छ । जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ । 

    उपत्यका बाहिर मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ ।

    images

    काठमाडौं उपत्यकाबासी अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 

    महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । महाशाखाको तथ्यांकमा आइनपुगेका संक्रमितको संख्या समुदायस्तरमा अझै ५ गुणा बढी हुनसक्ने विज्ञहरुको आकलन छ ।