आइतबार, भाद्र २८ गते २०८३
images

देशभर थपिए ४६ कोरोना संक्रमित

एक्सप्रेस पाना
आश्विन ३१, २०७९ सोमबार
  • 283
    SHARES
  • देशभर थपिए ४६ कोरोना संक्रमित

    असोज ३१ काठमाडौं । मुलुकभर पछिल्लो २४ घन्टामा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

    एक हजार १८३ जनाको पिसिआर र एक हजार १०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ७११ जना सक्रिय संक्रमित छन् ।

    images

    १७ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।