शनिबार, भाद्र २७ गते २०८३
images

मुलुकभर थप २०५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 282
    SHARES
  • मुलुकभर  थप २०५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

    भदौ १६ काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थप ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    images

    मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमित भन्दा निको हुने बढी देखिएको हो । त्यस्तै २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

     

    images