आइतबार, भाद्र २८ गते २०८३
images

आज थप २० जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
कार्तिक १३, २०७९ आइतबार
  • 222
    SHARES
  • आज थप २० जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा कसैको मृत्यु भएको छैन । 

    हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

    images

    यसका साथै मुलुकमा पीसीआर परीक्षण गर्दा १० लाख ५५० जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    त्यसमध्ये नौ लाख ८७ हजार ९७९ जना निको भइसकेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५२ रहेको छ ।