आइतबार, भाद्र २८ गते २०८३
images

हालसम्म कोभिडविरुद्ध खोप लगाउने एक करोड नाघे 

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 216
    SHARES
  • हालसम्म कोभिडविरुद्ध खोप लगाउने एक करोड नाघे 

    भदौ १७ काठमाडौं । नेपालमा बुधबारसम्म कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाउनेको संख्या एक करोड भन्दा बढी पुगेको छ । जुन लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    नेपालमा कोभिडविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथिका लक्षित जनसंख्या दुई करोड १७ लाख ५७ हजार सात सय ६३ छन् । जसमध्ये पहिलो मात्रा ५४ करोड २४ लाख आठ सय ३६ (१८ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५ दशमलव ४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । 

    उनका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ। किशोर किशोरीका लागि मोडेर्ना र फाइजर खोप प्राप्त हुँदैछ । सरकारले ६० लाख खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

    images

    khop 2.jpg