शनिबार, भाद्र २७ गते २०८३
images

आज थप २००४ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 257
    SHARES
  • आज थप २००४ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

    भदौ १७ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    १० हजार ६५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६१९ जना र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ५० हजार २०८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६५० जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख १३ हजार ६७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    images

    यसैगरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।