शनिबार, भाद्र २७ गते २०८३
images

बीपीका स्वास्थ्यकर्मीले इमरजेन्सीबाहेकका सेवा बहिष्कार गर्ने 

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 233
    SHARES
  • बीपीका स्वास्थ्यकर्मीले इमरजेन्सीबाहेकका सेवा बहिष्कार गर्ने 

    भदौ १७ सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आगामी आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् ।

    images

    उनीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८० दिन कट्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा। विष्णु पोखरेलले जानकारी दिए । 

    सरकारले पटकपटक उच्चस्तरीय समिति बनाउने, समितिले प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता भएको प्रतिवेदन सरकारलाई दिने तर सरकारी पक्षले कारबाही नगरेको भन्दै अर्को चरणको आन्दोलनमा होमिएको संर्घष समितिको भनाइ छ । 

    images

    समितिका संयोजक डा। सूर्यप्रसाद रिमालले आन्दोलनमा उठाएको मुद्दाहरूलाई सरकारले लिपिबद्ध गर्दै सम्झौता गरे पनि कार्यान्वयनमा ढिलाइ गरेकाले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा छाड्ने बताए । 

    उनले सरकारले कोभिड महामारीको बेलामा पनि स्वास्थ्य मन्त्री नियुक्ति नगरेको बताउँदै अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरूविरुद्ध पनि हुने उनले बताए ।

    प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमितता एवं भ्रष्टाचार बढेको भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारीहरू विगत ८० दिनदेखि आन्दोलनरत छन् । आन्दोलन चर्किंदै गएपछि सरकारले उच्चस्तरीय छानविन कार्यदल गठन गरेको थियो । 

    कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बित्न लागेको छ । प्रतिवेदनले चारै जना पदाधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयले पनि आन्दोलनरत पक्षसँग छ बुँदे सहमति गर्दै पदाधिकारीहरूलाई पदमुक्त गर्ने भने पनि कार्यान्वयन भएको छैन ।न्युज कारखाना