आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजदेखि काँग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 259
    SHARES
  • आजदेखि काँग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु

    भदौ १८ काठमाडौं । आजबाट नेपाली काँग्रेसको १४औं महाधिवेशनको प्रक्रिया सुरु हुँदै छ । काँग्रेस विधानअनुसार आज सबैभन्दा तल्लो तह अन्तर्गत वडा अधिवेशन हुन लागेको हो ।

    images

    निर्वाचन समितिका अनुसार पहिलो चरणमा क्रियाशील सदस्यता नामावली सार्वजनिक भएका ५६ जिल्लामा अधिवेशन हुनेछ । यस अधिवेशनले देशभरका ६ हजार ७ सय ४३ वडाबाट करिब ४ लाख प्रतिनिधि चयन गर्नेछ ।

    सबै जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक नहुँदा फरक फरक समयमा वडा अधिवेशन गर्न लागिएको कांग्रेसको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले भदौ २७ गते हुने नगर अधिवेशन अघिनै वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ । वडा अधिवेशनले आफूमध्येबाट एक जना सभापतिसंगै दुइ–दुई जना उप–सभापति, सचिव र सह–सचिव चयन गर्ने छ ।

    images

    कम्तीमा तीन महिला सहित नौ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । निर्वाचित सभापतिले महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट छ जना र वडाको जनसंख्याको बनोट अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा कूल संख्याको वीस प्रतिशत सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ ।

    नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

    काँग्रेसको क्षेत्रीय अधिवेशन भने असोज ५ गते हुँदैछ । जसले १४ औं महाधिवेशनका लागि करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।