भदौ १८ काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४३३४ जनामा गरिएको नमुना परिक्षण्मा १७५६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै थप २३ जनाको ज्यान गएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १०८०९ पुगेको छ ।
यस्तै आज थप २२७४ जनाले कोरोना जितेर घर पर्किएका छन् । यो सँगै कोरोनालाई परास्त गर्नको संख्या ७२३४५६ जना रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यता संक्रिय संक्रमितको संख्या ३३००६ रहेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।


