शनिबार, भाद्र २७ गते २०८३
images

मांकद्धारा २ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 291
    SHARES
  • मांकद्धारा २ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    मेलम्ची नगरपालिकाका २ स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरिएको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको साझेदारीमा आयोजित सिन्धु स्वास्थ्य परियोजना बाट मेलम्ची नगरपालिकाका वडा नम्बर ७ स्थित दुवाचौर स्वास्थ्य चौकि र एकिकृत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा स्वास्थ्य सामाग्रि वितरण गरिएको मांककी परियोजना संयोजक मनिषा हाडाले जानकारी दिनुभयो । दुवाचौर स्वास्थ्य चौकीमा बेबी वार्मर र पिप्ले लाई पेरी लाइट, फिटल डपलर जेल सहित कुर्सीहरु सहयोग गरिएको हाडाले जानकारी दिनुभयो ।

    images

    हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सम्बन्धीत वडाका वडा अध्यक्ष लगायत जनप्रतिनिधि,स्वास्थ्य शाखाका प्रमुख,ब्यबस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । यो परियोजनाले मेलम्ची लगायत इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोगको कार्य सम्पन्न गरेको छ्र ।यसैबिचस्थानिय तहमा सामाजिक सुरक्षा सम्बन्धी गुनासो सुनुवाई संयन्त्र छलफल बैठक हेलम्बुमा सम्पन्न भएको छ ।

    हेलम्बु गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यवाहक वडा अध्यक्ष,वडा सचिव, पञ्जिकरण शाखाका कर्मचारी लगायतलाई गुनासो सुनुवाई संयन्त्र बारे जानकारी गराइएको हो । महिला आत्मनिर्भरता केन्द्र मांक, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना र सियुस नेपालको सहयोग तथा हेलम्बु गाउँपालिका सँगको समन्वयमा छलफल गरिएको मांकका कार्यक्रम ब्यबस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो । मांककी पूर्व अध्यक्ष डोल्मा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको निम्ति आवश्यक मापदण्डका बारेमा जानकारी गराइएको थियो ।

    images