आइतबार, भाद्र २८ गते २०८३
images

ज्यामिरेमा एक दिने बालि उपचार शिबिर सम्पन्न

एक्सप्रेस पाना
पौष १२, २०७९ मंगलबार
  • 450
    SHARES
  • ज्यामिरेमा एक दिने बालि उपचार शिबिर सम्पन्न

    जापानको परराष्ट मन्त्रालयको आर्थिक सहयोग पिइस उइन्स जापान(PWJ) र सम्वृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP)को साझेदारिमा मेलम्ची नगरपालिका वडा नं -९ मा सन्चालन भैरहेको “खानेपानि पहुँच तथा कृषी आय सुधार आयोजना”(PIWAAI) ले वडा नं -९ का  किसानहरुको समस्यालाई मध्येनजर गर्दै ज्यामिरेमा १ दिने बालि शिविर सम्पन्न गरेको छ ।  

    images

    १५ वटा कृषक समुह निर्माण गरि किसानहरु विभिन्न प्राविधिक सेवा दिदै आएको परियोजनाले परियोजना क्षेत्रका ४२ जना किसानको बालि परिक्षण गरि परामर्श तथा व्यवस्थापनका उपायहरु दिइएको छ। बालि शिविरलाई सहजिकरण गर्नको लागि परियोजना टिम लिडर डा. रामचन्द्र भुसाल, केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवनका वरिष्ठ बालि संरक्षण अधिकृत राजिब दास राजभण्डारी, बालि संरक्षण अधिकृत विवेक सुनार र परियोजना का कृषी संयोजक, कृषी अधिकृत, कृषी प्राविधिक को उपस्थिति रहेको थियो। शिविर अवधिमा ज्यामिरेमा उत्पादन हुदै गरेका विभिन्न तरकारि, फलफुल तथा खाध्यानवालिको नमुनाहरुको परिक्षण गरि त्यसको समाधानका लागि जानकारिमुलक लिफलेट पनि किसानहरुलाई दिईएको थियो ।  

    No description available.

    images

    बालिको नमुना परिक्षण पश्चात किसानहरुलाई बिभिन्न बिषादिको प्रयोग ,विषादिको काम, शत्रु जिव, मित्रु जिवको महत्व र बालि व्यावस्थापनको लागि किसानले अपनाउन सकिने तरिका बारेमा किसानहरुलाई प्रशिक्षण दिईएको थियो । परिक्षणमा ज्यामिरेमा सबै भन्दा बढि गोलभेडामा नेमाटोड(जुका) क्षेति पुर्याएको देखिएको छ भने गोलभेडामा नै डडुवा, व्याक्टेरिया र टुटाको प्रकोप पनि धेरै देखिएको छ ।

    काउलि बन्दा, खुर्सानि,प्याज, लसुन विभिन्न फलफुलमा विभिन्न रोग तथा किराको देखिएको छ । कृषकहरुले बालि नालिमा लाग्ने विभिन्न रोगहरुका कारण आशातित उत्पादन लिन नसकेको अवस्थामा यो बालि शिविरले ठुलो सहयोग गरेको सहभागि किसानहरुले प्रतिक्रीया दिएका थिए।  विगत २ वर्ष अघि देखि खानेपानि पहुँच तथा कृषि सुधार आयोजना अन्तर्गत वडा नं ९ मा ३ वटा खानेपानि आयोजना पनि सम्पन गरि कृषि परियोजना अगाडि वढिरहेको छ ।

    कृषि परियोजना अन्तर्गत १५२ वटा प्लाष्टिक टनेल वितरण गरि किसानहरुलाई गोलभेडा खेति तर्फ अग्रसर गराउदै छ भने विभिन्न मौषमी तथा बेमौषमी तरकारि उत्पादनको लागि किसानलाई अग्रसर गराउदै छ भने बजार व्यवस्थापनलाई पनि मध्येनजर गर्दै १ तरकारि संकलन केन्द्र  र ६ वटा संकलन शाखा पनि स्थापना गरिसकेको छ । परियोजना ले सिन्धुपाल्चोक जिल्लाको बलेफि र सुनकोशी गाँउपालिकामा पनि काम गर्दै आएको छ ।