शनिबार, भाद्र २७ गते २०८३
images

गाउँपालिकाका अध्यक्ष नेपालद्वारा नवलपुर आँखा उपचार केन्द्रको उद्घाटन

एक्सप्रेस पाना
पौष १५, २०७९ शुक्रबार
  • 268
    SHARES
  • गाउँपालिकाका अध्यक्ष नेपालद्वारा नवलपुर आँखा उपचार केन्द्रको उद्घाटन

    मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमकाबिच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभयो ।  

    images

    इन्द्रावती गाउँपालिका र तिलगंगा आँखाप्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाअध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । गाउँ ठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएकाछन् । आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाईआँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताउनुभयो । 

    अस्पताल सञ्चालनमा आएसँगै स्थानियको आर्थिक भार समेत कम हुने भएकोछ  । आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्यसेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिला चौतारा, मेलम्ची तथाकाठामाडौ जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताउनुभयो ।  

    images