आइतबार, भाद्र २८ गते २०८३
images

सार्वजनिक ठाउँमा धुम्रपान गरे १०० रूपैयाँ जरिवाना

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 355
    SHARES
  • सार्वजनिक ठाउँमा धुम्रपान गरे १०० रूपैयाँ जरिवाना

    कास्की । कास्कीका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १०० रूपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो ।

    images

    जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीलगायत संघ संस्थाहरूले सरकारले जारी गरेको ऐन कडाइका साथ कार्यान्वयन गर्ने जनाएका छन् । त्यसैका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल गरेको छ ।

    अब माघदेखि सार्वजनिक स्थलमा धूम्रपान सेवन गरेमा १०० रूपैयाँ जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । त्यसका लागि पुस मसान्तभित्र सबैलाई जानकारी गराउने उनले बताए ।

    images

    कास्की जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले नियम कार्यान्वयनका लागि आफुहरू तयार रहेको बताए । गण्डकी प्रदेश सभाले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि छुट्टै कानुन पास गरेको छ ।

    तर उक्त ऐन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । जिल्ला प्रशासनमा भएको छलफलबाट प्रचारप्रसार, समन्वय तथा अनुगमन समिति बनाइएको छ ।

    स्वास्थ्य कार्यालय कास्कीका प्रमुखको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, सामुदायिक प्रहरी सेवा कास्की, जिल्ला समन्वय समिति र यसका ७ वटा शाखाका प्रतिनिधि रहेका छन् ।

    नागरिक समाज, पत्रकार महासंघ कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र रिकभरि नेपालका प्रतिनिधिहरू पनि समितिको सदस्य छन् ।