डा. सन्दुक रुइतलाई १० लाख डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी रकमसहितको अवार्ड दिइने भएको छ ।
डा. रुइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित बहाराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका हुन् । मानवीय सेवातर्फको विधामा रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।
मोतियाबिन्दुको उपचारमा सरल विधि विकास गरेकाले डा. रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । रुइतले यसअघि सन् २००६ मा एसियाको नोबेल पुरस्कारका रूपमा समेत चिनिने रोमन मेगासेसे अवार्ड पाइसकेका छन्


