हेलम्बुमा आयोजित स्वास्थ्य शिविरमा ८९० जनाले सेवा लिएका छन । हेलम्बु गाउँपालिकाको आयोजनामा कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरको सहयोगमा र डुनामिस चर्च हेलम्बु परिवारको समन्वयमा आधारभूत स्वास्थ्य सेवा केन्द्र हेलम्बु ४ मा भएको गत माघ ५ गते देखि तिन दिन संचालन भएको निशुल्क स्वास्थ्य शिबिरमा ८९० जना बिरामी हरुले सेवा लिएका हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिदुर ज्योतीले जानकारी दिनुभयो ।
शल्यक्रिया गर्नु पर्ने १६ जना विरामिलाई निशुल्क विमा गर्ने समेत ब्यबस्था मिलाईएको उक्त शिविरमा सामान्य शल्यक्रिया र दाँतको सेवा पाउने विरामिले ठुला अस्पतालमा गएर खर्च हुने रकम जोगिएकोमा खुसि ब्यक्त गरेका थिए ।कोरियन डाक्टरको टिम लगाएत सम्पूर्ण कोरिया मैत्रि अस्पताल भक्तपुरको टिमलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । शिविरमा विशेष गरेर हाडजोर्नी तथा नसा सम्बन्धि रोग,दाँत सम्बन्धि समस्या,छाला सम्बन्धि समस्या र आँखा सम्बन्धि समस्या भएका विरामी उपचारका लागि आएका ज्योतीले जानकारी दिनुभयो ।


