आइतबार, भाद्र २८ गते २०८३
images

मेलम्ची नगरपालिकाका र शंखरापुर अस्पतालको समन्वयमा भएको २ दिने निशुल्क बृहत एकीकृत शिविर सम्पन्न

एक्सप्रेस पाना
माघ २८, २०७९ शनिबार
  • 422
    SHARES
  • मेलम्ची नगरपालिकाका र शंखरापुर अस्पतालको समन्वयमा भएको २ दिने निशुल्क बृहत एकीकृत शिविर सम्पन्न

    मेलम्ची। श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनीमा निशुल्क बृहत एकीकृत शिविर सम्पन्न भएको छ । शुक्रबार मेलम्ची नगर अस्पताल र शनिवार थकनीमा भएको शिविरमा यस भेगका स्थानियहरुले लाभ लिएका थिए ।

    images

    मेलम्ची नगरपलिकाको आर्थिक सहयोग तथा शंखरापुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको २ दिने शिविरको दोस्रो दिन पिप्लेमा स्वास्थ्य, कृषि, पशु, आयुर्वेदिक, सामाजिक सुरक्षा सम्बन्धी चेकजाँच गरिएको थियो । शनिबार थकनीमा भएको विविरमा स्वास्थ्य तर्फ २६२ जनाले सेवा लिएका छन् ।

    जसमा सामान्य चिकित्सा ९७ जना, स्त्री रोग ५७ जना,दाँत सम्बन्धी रोग भएका ८९ जना आँखा सम्बन्धी १९१ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो । शिविरमा कृषितर्फ ४९, आयुर्वेदतर्फ १६० र पशुतर्फ १८६ जनाले सेवा लिएको घोरासैनीले जानकारी दिनुभयो । आज भएको शिविरबाट ४८ जनाको दाँत निकालेको , १७ जनाको मोतियाविन्दु छनोट, १३३ जनालाई चस्मा वितरण गरिएकोे घारासैनीले बताउनभयो ।

    images

    शंखरापुर अस्पतालका प्रमुख डा. रमेश ढकालको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मीको सहयोगमा शिविर सञ्चालन गरिएको हो । गाउँघरमै एकिकृत शिविर सञ्चालन भई लाभलिन पाएपछि स्थानियले खुशि ब्यक्त गरेका छन् । शिविरमा सामाजिक सुरक्षा अन्र्तगत २५ जना जेष्ठ नागरिक हरुलाई कार्ड वितरण गरिएको थियो ।